काठमाडौं। काठमाडौंकी रिस्ता राई सानैदेखि फिल्म कीरो हुन्। पहिले उनी नेपाली र हिन्दी फिल्म हेर्थिन्। बिस्तारै अंग्रेजी फिल्म हेर्न थालिन्। अचेल उनको रूचिको दायरा बढेको छ। कोरियन र चिनियाँ फिल्मको सौखिन भएकी छन् उनी। चिनियाँ र कोरियन फिल्म हेर्न थालेपछि अरू फिल्म खासै मन नपर्ने उनी सुनाउँछिन्।
भन्छिन्, “ती फिल्मको स्टोरीटेलिङ, सिनेमाटोग्राफी, अभिनय एकदम राम्रो लाग्छ।”
त्यस्तै भिडिओ एडिटिङको काम गर्दै आएका दीपक विकले पनि इरानी, स्पेनिस् र फ्रेन्च फिल्म हेर्न थालेको १० वर्ष पूरा भयो। मुम्बईमा सिरियलहरूको भिडिओ एडिटिङ गर्न थालेदेखि ती फिल्ममा उनको रूचि बढ्न थालेको हो।
“इरानी, स्पेनिस् र फ्रेन्च फिल्म हेर्न थालेपछि मलाई नेपाली, हिन्दी र अंग्रेजी फिल्म त बकवास नाटक जस्तो लाग्छ”, उनको टिप्पणी छ।
उनले हेर्ने फिल्ममा जीवनको यथार्थ तस्वीर उतार्ने भएकाले एकदमै मन पर्ने उनी बताउँछन्।
अचेल धेरैले नेपाली, हिन्दी र अंग्रेजीभन्दा बाहेकका फिल्म हेर्छन्। कुनै बेला थियो, विदेशी फिल्म भनेपछि हलिउड र बलिउडलाई चिनिन्थ्यो। अहिले दर्शकको रूचिको क्षितिज फराकिलो भएको छ।
“यी फिल्महरूमा जीवन र दर्शनसँग जोडिएका कथा हुन्छन्”, उनी भन्छन्।
विपुल हुमागाई पनि एक्सन र फाइटकै लागि भए पनि चिनियाँ फिल्म बढी हेर्छन्।
यी तीन फिल्म सौखिनजस्तै अचेल धेरैले नेपाली, हिन्दी र अंग्रेजीभन्दा बाहेकका फिल्म हेर्छन्। कुनै बेला थियो, विदेशी फिल्म भनेपछि हलिउड र बलिउडलाई चिनिन्थ्यो। अहिले दर्शकको रूचिको क्षितिज फराकिलो भएको छ।
महाबौद्धमा १५ वर्षदेखि फिल्मका सिडी बेच्दै आएका निलसन श्रेष्ठको अनुभव पनि यस्तै छ।
“पहिले हिन्दी र अंग्रेजी फिल्म बढी बिक्थे। अहिले ती भन्दा अरु फिल्म बढी बिक्न थालेका छन्”, श्रेष्ठ भन्छन्।
दर्शकको रूचि यसरी फराकिलो हुँदैछ तर, नेपालका मल्टिप्लेक्स र सिंगल हलहरूमा भने नेपाली, हिन्दी र अंग्रेजी फिल्मले अड्डा जमाउन छोडेका छैनन्।
क्यूएफएक्सले सन् २०१९ मा मात्र १०४ वटा फिल्म प्रदर्शनमा ल्याएको थियो, जसमध्ये ५७ वटा हिन्दी र ४७ वटा अंग्रेजी थिए।
बमेल सिनेमाज्, बिगमुभिज, गोपीकृष्ण मुभिज लगायत अनलाइन टिकेटिङमा आबद्ध २१ वटा सिने हल उद्योगले पनि नेपाली, हिन्दी र अंग्रेजी गरी तीन प्रकारका फिल्म मात्र प्रदर्शनमा ल्याइरहेका छन्।
दर्शक हलसम्मै आउँदैनन् – वितरक
फिल्म हलका सञ्चालकहरू भने दर्शकहरू नआउने भएकाले ती फिल्म नचलाइएको बताउँछन्।
नेपालको सबैभन्दा ठूलो वितरक गोपीकृष्ण मुभिजले पाँच वर्षअघि चिनियाँ र कोरियन फिल्म प्रर्दशनमा ल्याएका थियो। तर, दर्शक नै नआएकाले आधा खर्च पनि नउठेको मुभिजका मनोज राठी बताउँछन्।
“पाँच अघि हामीले ट्राइ नगरेका होइनौं। दुई/तीनवटा चाइनिज र कोरियन फिल्म प्रदर्शनमा राखेको थियौं। तर, आधा लगानी पनि उठेन। त्यसपछि त्यतातिर हामी अघि बढेनौं”, राठीले भन्छन्।
राठीको भनाइमा अर्का वितरक गोपाल कायस्त पनि सहमत छन्। विश्वभर खुला बजारको नीति अवलम्बन भइरहेका बेला फिल्मको क्षेत्रमा पनि तीन क्षेत्र बाहेकका फिल्म उनले पनि चलाउन पहल नगरेका होइनन्। तर, युट्युब, आइफिलिक्स, गुगललगायत इन्टरनेटको माध्यमबाट हेर्ने दर्शक हलसम्म नआउने गरेको उनी बताउँछन्।
अरू भाषाका ल्याउनु राम्रो – समीक्षक
समीक्षकहरू भने फिल्म संस्कृति समृद्ध बनाउन भए पनि धेरै भाषाका फिल्म प्रदर्शन गर्नुपर्नेमा जोड दिन्छन्।
समीक्षक अभय श्रेष्ठ आम दर्शक भन्दा पनि फिल्मबारे जानकारी भएका दर्शकमा धेरै भाषाका सिनेमाप्रति मोह बढेको बताउँछन्।
“आम दर्शकको रूचि अझै पनि हिन्दी र अंग्रेजीमा सुपरहिरोका फिल्मप्रति छ। तर, फिल्म बुझेका सेलेक्टेड दर्शक भने ती फिल्म बढी हेर्छन्”, श्रेष्ठ भन्छन्।
“एकातिर दिनप्रतिदिन नेपाली फिल्मको स्तर खस्किरहेको छ भने दर्शकहरू स्तरीय फिल्म हेर्न आतुर छन्। त्यसका लागि उनीहरू विदेशी फिल्मलाई विकल्पमा राखेका छन्।”
हलहरूले अन्य भाषाका फिल्म पनि प्रदर्शनमा ल्याउनुपर्ने उनको सुझाव छ।
“फिल्मसम्बन्धी जानकारी भएका दर्शकहरूले केही न केही माध्यममार्फत् भए पनि त्यस्ता फिल्म पाइरहेका छन्। त्यस्ता फिल्म हलमै उपलब्ध भइदियो भने निकै राम्रो हुन्थ्यो। हलले नै त्यसरी चलाउन थालेदेखि आम दर्शकले पनि ती सिनेमाप्रति बानी लाग्थ्यो होला, ती सिनेमाको आकर्षण कस्तो छ भन्ने पनि हुन्थ्यो होला”, उनी बताउँछन्।
अर्का फिल्म समीक्षक प्रकाश सायमी भने बजारले धान्न सक्ने गरी फिल्म प्रदर्शनमा ल्याउनुपर्ने बताउँछन्।
“एकातिर दिनप्रतिदिन नेपाली फिल्मको स्तर खस्किरहेको छ भने दर्शकहरू स्तरीय फिल्म हेर्न आतुर छन्। त्यसका लागि उनीहरू विदेशी फिल्मलाई विकल्पमा राखेका छन्”, उनी भन्छन्।
नेपाली दर्शकले मात्र त्यसको बजार धान्न सक्छ वा सक्दैन भन्ने सोच्नुपर्ने उनको भनाइ छ।
“विदेशी फिल्म प्रदर्शनमा ल्याउनुमा मेरो कुनै आपत्ति छैन”, सायमी भन्छन्, “तर, त्यो लगानी नेपाली दर्शकबाट उठ्न सक्छ कि सक्दैन ? नेपाली वितरकहरूले ल्याउन सक्छन् वा सक्दैनन् ? त्यो ठूलो कुरा हो।”
एउटा राम्रो हलिउड फिल्म त विश्वभर प्रदर्शनमा आएको एक महीनापछि नेपालमा प्रदर्शनमा आउने गरेको प्रसंग उल्लेख गर्दै उनले भने, “‘हलिउड वान्स अपन टाइम’ फिल्म विश्वभर नै प्रदर्शनको समयमा दिएन। हामीले समयमै उनीहरूले तोकेको पैसा तिर्न सकेनौं। ढिला तिर्दा नेपालमा एक महीनापछि लाग्यो। अब भन्नुहोस्, एउटा राम्रो हलिउड फिल्म त ल्याउन सकिरहेका छैनौं भने अन्य फिल्म ल्याएर कसरी प्रदर्शनमा ल्याउन सकिएला ?”
कसरी ल्याइन्छन् विदेशी फिल्म
जुनसुकै विदेशी फिल्म नेपालमा प्रदर्शनमा ल्याउने एउटै प्रक्रिया हुन्छ। हिन्दीको लागि छुट्टै, अंग्रेजीका लागि छुट्टाछुट्टै भन्ने हुँदैन। विदेशी फिल्म वितरकलाई उनीहरूले तोकेको न्यूनतम पैसा तिरेर नेपालमा प्रदर्शनमा ल्याउने अधिकार किन्नुपर्छ। फिल्म तोकिएको समय भन्दा बढी प्रदर्शनमा आएमा थप शुल्क तिर्नुपर्ने राठी बताउँछन्।
" /> काठमाडौं। काठमाडौंकी रिस्ता राई सानैदेखि फिल्म कीरो हुन्। पहिले उनी नेपाली र हिन्दी फिल्म हेर्थिन्। बिस्तारै अंग्रेजी फिल्म हेर्न थालिन्। अचेल उनको रूचिको दायरा बढेको छ। कोरियन र चिनियाँ फिल्मको सौखिन भएकी छन् उनी। चिनियाँ र कोरियन फिल्म हेर्न थालेपछि अरू फिल्म खासै मन नपर्ने उनी सुनाउँछिन्।भन्छिन्, “ती फिल्मको स्टोरीटेलिङ, सिनेमाटोग्राफी, अभिनय एकदम राम्रो लाग्छ।”

">