काठमाडौं। न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आउँदो सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्। प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महीना अघि नै चुनावको मिति घोषणा गरेकी हुन्। अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ।
प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी पनि गरेकी छन्। चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले आफ्नो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताएकी छन्।
विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता राम्रो रहेपनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिएकी छन्। सरकारको महत्वाकांक्षी किवीबिल्ड परियोजना आशातित रुपमा अघि बढ्न नसकेपछि उनको आलोचना भइरहेको छ। यस योजना बमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष्य पूरा हुन सकेको छैन।
" /> काठमाडौं। न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आउँदो सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्। प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महीना अघि नै चुनावको मिति घोषणा गरेकी हुन्। अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ।प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी पनि गरेकी छन्। चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले आफ्नो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताएकी छन्।

">