नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ

काठमाडौं। रौतहटबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द समूहका रौतहट सेक्रेटरी सिसम शाही र जिल्ला सदस्य दुर्गा बल रहेको इलाका प्रहरी कार्यालय चपुरले जनाएको छ।

उनीहरूलाई चन्द्रपुर नगरपालिका-३ बाट आज बिहान नियन्त्रणमा लिइएको हो।

शंकास्पद गतिविधि गरिरहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी हेमबहादुर शाहीले बताए।

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्