माटो खानीमा पुरिएर सासू-बुहारीको मृत्यु

सिञ्जा। घर पोत्ने रातो माटो ल्याउन गएका जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंहाचौरकी सासू बुहारीको माटोले पुरिएर मृत्यु भएको हो।

स्थानीय मालाभिडको जंगलमा गएका ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा १३ माघमा खानी भासिएर घटनास्थलमै मृत्युु भएको डीएसपी लालबहादुर धामीले जानकारी दिए।

उनीहरू सँगै गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते छन्।

घाइते दुईजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

मृतकको शव परीक्षण गरिसकिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्