बस दुर्घटनामा दुईको मृत्यु <p>रोल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा बस चालक रोल्पा लुंग्री गाउँपालिका&ndash;३, सिमगिठेका यामबहादुर घर्तीमगर रहेका छन्। अर्का एक व्यक्तिको सनाखत हुन सकेको छैन। उनको घटनास्थलमै मृत्यु भएको थियो।</p> <p>सुलिचौरबाट सिर्पतर्फ जान लागेको स्थानीय बस लुंग्री खोलामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिलाराम आचार्यले जानकारी दिए।</p> <p>बसमा यात्रु कम भएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्