लागूऔषध चरेशसहित तीन जना पक्राउ
<p>दाङ। प्रहरीले दाङमा लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ। </p>
<p>तुलसीपुर उपमहानगरपालिका–१२ शितलपुरबाट दुई किलो ५०० ग्राम लागूऔषध चरेशसहित उनीहरू पक्राउ परेका हुन्। </p>
<p>आज साँझ पाँच बजे रुकुम मुसिकोट नगरपालिका–२ का २१ वर्षीय अनिल पुनमगर, रुकुम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहोरा पक्राउ परेका जिप्रका दाङका डिएसपी सुमित खड्काले जानकारी दिए।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
