चितुवाको छालासहित दाङमा दुईजना पक्राउ
<p>दाङ। चितुवाको छालासहित दाङमा आज दुईजना पक्राउ परेका छन्।</p>
<p>दाङ प्रहरीले एक थान चितुवाको छालासहित दंगीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई घोराही–१४, नयाँ बसपार्कबाट पक्राउ गरेको हो।</p>
<p>चितुवाको छाला बोकेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पछ्याएको थियो। बसपार्कमा उनीहरूको झोला खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाइराखेको चितुवाको छाला (टाउकोदेखि पुच्छरसम्मको पूरै भाग भएको) फेला पारेको प्रहरीको भनाइ छ। अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
