विद्यार्थीको हात भाँचिने गरी कुटपिट गर्ने शिक्षक पक्राउ

सिरहा। सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन्।

सिरहा नगरपालिका–२, का १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्ने शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएको छ। कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको मिर्चैयाका प्रहरी इन्चार्ज डीएसपी सन्तु जैसवालले जानकारी दिए।

यस्तै घाइते विद्यार्थीपक्ष र पाठशालाका सञ्चालकबीच छलफल भएको छ। समग्र व्यवस्थापन, लठ्ठी निषेध गर्ने, तालिमप्राप्त शिक्षकबाट पठनपाठन गराउने र घाइते विद्यार्थीको उपचार खर्च विद्यालयले व्यहोर्ने सहमति भएको विद्यार्थीका काका देवकुमार यादवले बताए।

स्वास्तिक पाठशालाका सञ्चालक महेश्वर कार्कीले पाठशाला सुधारका पक्षमा भएको छलफलपछि दुवै पक्षबीच सहमति भएको बताए।

प्रतिक्रिया दिनुहोस्