काठमाडौं। अज्ञात समूहले देशका विभिन्न स्थानमा गएराति र आज बिहान विस्फोट र आगजनी गरेको छ।
मुख्य रूपमा सूचना प्रदायक कम्पनी एनसेलका टावरलाई लक्षित गरेर विस्फोट र आगजनी भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले विभिन्न जिल्लाहरूमा विस्फोट र आगजनीका घटना भएको पुष्टि गरे।
“कहाँ के कति क्षति भयो भन्ने विवरण आउने क्रम जारी छ”, उनले देखापढीसँगको कुराकानीमा भने, “अहिलेसम्म ठूलो क्षति भएको भन्ने कुनै जानकारी आएको छैन। सबै ठाउँमा सामान्य हिसाबकै क्षति भएको भन्ने खबर आएको छ।”
प्रहरीका अनुसार अज्ञात समूहले मकवानपुर, पर्सा, नवलपरासी पूर्व र पश्चिम, रुकुम पश्चिम, मोरङ, सोलुखुम्बु, सिन्धुली, पाल्पामा रहेका एनसेलका टावर, वीरगञ्जमा मेडिकल कलेजका सञ्चालकको घरमा र सोलुखुम्बुमा एक रेडियोको टावरमा विस्फोट गरेको छ।
अज्ञात समूहले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज सञ्चालक बसरुद्धिन अन्सारीको घरमा आज बिहान प्रेसर कुकर बम राखेको छ।
मकवानपुरका विभिन्न तीन स्थानमा रहेका एनसेलका टावरमा क्षति गरेको एसपी सुशिलसिंह राठोरले जानकारी दिए।
“तीन ठाउँमा विष्फोट भएको छ। ठूलो क्षति भने केही भएको छैन”, उनले भने, “विस्फोट कसले गरेको भन्ने खुलेको छैन।”

वीरगञ्ज महानगरपालिका–८ पानीटंकी गल्लीमा रहेको अन्सारीको घरको मु्लगेटमा बिहान प्रेसरकुकर बम भेटिएको थियो। उक्त बम नेपाली सेनाको चण्डीप्रसाद गणले निस्कृय पारेको छ।
यस्तै रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ को वडा कार्यालयमा आज बिहानै आगजनी भएको छ।
आगजनीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी कसले गरेको भन्ने खुलेको छैन। तर, प्रहरीले सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुन सक्ने आशंका गरेको छ।
नवलपरासी पूर्व र पश्चिममा पनि तीनवटा एनसेलका टावरमा अज्ञात समूहले आगो लगाएको छ।
यस्तै सिन्धुलीको मरिण गाउँपालिका–७ स्थित जयमंगलमा रहेको एनसेल टावरमा पनि गएराति आगजनी भएको छ।
अज्ञात समूहले टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ। टावर पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। उक्त आगजनीमा पनि नेत्रविक्रम चन्द समूहकै संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी बगनासडाँडामा रहेको एनसेल टावरमा पनि गएराति नै आगजनी भएको छ। ताला फोडेर पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, नवलपरासी पूर्व र पश्चिममा पनि तीनवटा एनसेलका टावरमा अज्ञात समूहले आगो लगाएको छ। पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ को कोटथरमौला र कावासोती नगरपालिका–१७ बुनौलीमा रहेका एनसेल टावरमा आगजनी भएको हो।
त्यस्तै, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–९ करमैनीस्थित एनसेल टावरमा आगजनी भएको छ।
मोरङको केराबारी गाउँपालिका–२ मा रहेको एनसेल टावरमा पनि गएराति बम विस्फोट भएको छ। अज्ञात समूहले गराएको बम विस्फोटबाट टावरमा क्षति पुगेको छ।