काठमाडौं। द्वन्द्वपीडित साझा चौतारीले आज पक्राउ परेको द्वन्द्वपीडित तथा अधिकारकर्मीलाई रिहा गर्न माग गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोधमा राष्ट्रपति कार्यालय शितल निवासबाहिर प्रदर्शन र धर्नाको क्रममा पक्राउ परेका १२ जनालाई रिहा गर्न चौतारीले माग गरेको हो।
द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत, हत्या गरिएका अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, चौतारीका उपत्यका समितिका सदस्य शंकर बुढाथोकीलगायत मानवअधिकारकर्मीहरू चरण प्रसाइ, महामुनिश्वर आचार्य, एलिना गौतम, निराजन थपलिया, विपिन बुढाथोकी, बालकृष्ण घिमिरे, जस्लिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल पक्राउ परेको जनाइएको छ।
पक्राउ परेका सबैलाई बिनाशर्त रिहा गर्न चौतारीले माग गरेको हो।
‘न्यायको अभियानमा आवाज उठाउने व्यक्तिहरूलाई पक्राउ गर्ने तर, व्यक्ति हत्याको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान गर्नुको साटो सभामुख जस्तो गरिमामय पदमा निर्वाचित गर्नु लोकतन्त्रकै उपहास हो’, चौतारीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पीडितलाई न्याय दिने जिम्मेवारी बहन गर्नुको साटो पीडितलाई गलाउने र न्याय माग्ने पीडितलाई पक्राउ समेत गर्ने राज्यको यस लज्जास्पद कार्यको चौतारी घोर भत्सर्ना गर्दछ।’
‘हत्या आरोप लागेका व्यक्तिउपर तत्काल अनुसन्धान थाल्न, संक्रमणकालीन न्याय प्रक्रियाको समग्र कार्ययोजनासहित कानून संशोधनको अर्थपूर्ण प्रक्रिया तत्काल थाल्न’ समेत द्वन्द्वपीडित साझा चौतारीले माग गरेको छ।