सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह पर्सामा पक्राउ
पर्सा। सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

फेसबुक, ह्वाट्सएप, ट्वीटर, म्यासेन्जरजस्ता सामाजिक सञ्जालबाट ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा गढीमाई–३, पिप्राविर्ताका २९ का रोशन सिंह राजपुत, उनका भाइ २१ वर्षीय विशाल सिंह, भारत कलकत्ताका २६ वर्षीय सविक भक्त र १८ वर्षीय फारुख आलम रहेका छन्। उनीहरू पर्सा वीरगञ्ज–१५, ब्रम्हचोकमा बस्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूले अमेरिका, क्यानडा, सिंगापुरलगायत देशको भिसा मगाइदिने भन्दै ठगी गर्ने गरेका थिए। साथै उनीहरूले सामाजिक सञ्जालहरूमा ‘क्लब फ्याक्ट्री–अनलाइन सपिङ एप्स’ खोलेर एप्पल कम्पनीको मोबाइल सस्तोमा पठाउने भन्दै ठगी गरिरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले नक्कली नागरिकता प्रयोग गरी विभिन्न बैंकमा खाता खोलेको र सो खातामा रकम मगाएर ठगी गर्ने गरेको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्