साढे दुई किलो सुनसहित रसुवामा ६ जना पक्राउ

काठमाडौं। चीनसँगको सीमाक्षेत्र रसुवागढी नाकाबाट साढे दुई किलो सुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ना १ ज ३५४२ नम्बरको टाटा सुमो गाडीमा सुन ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भाेटेकाेशी गाउँपालिका-५ का ३४ वर्षीय नवाङ नर्वु शेर्पा, २४ वर्षीय ग्याल्जेन शेर्पा, २३ वर्षीय स्प्पा लामा, ३२ वर्षीय सुवास तामाङ र १९ वर्षीय साङा शेर्पा छन्।

चालक दोलखा तामाकोशी गाउँपालिका-५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले देखापढीलाई बताए।

बरामद् गरिएको सुनसहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको उनकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्