धनगढीमा विकास सम्मेलन हुने <p>कैलाली। धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन गर्ने भएको छ।</p> <p>आज पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकाले धनगढीको समग्र विकास र योजनाबद्ध विकासका लागि १८ फागुनमा विकास सम्मेलन गर्न लागेको हाे।</p> <p>नगर प्रमुख नृप वडले धनगढी विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैंकहरू प्रस्तुत हुने बताए। उनका अनुसार नगरवासीले भोग्नु परेका समस्यालाई सम्बोधन गर्न धनगढीलाई बस्नयोग्य दिगो शहरको रूपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिनेछ।</p> <p>साथै नागरिकसँग विकास परियोजनाका लागि खुला आह्वान गरी उत्कृष्ट तीनजनालाई पुरस्कृत गरिने र पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिइने&nbsp; उनकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्