गुल्मी। अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ। धुर्कोट गाउँपालिका–६, अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा १२ माघ राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।
राति करीब ११ बजेको समयमा आगजनी भएको प्रहरीले जनाएकाे छ। आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए। आज बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगेर घटना प्रकृतिबारे थप अनुसन्धान गरी फर्किसकेको छ।
विगत पाँच वर्षदेखि धुर्कोटको कोट नजिकै रहेको स्थानीयवासी कमल थापाको बारीमा स्मार्टफोनको टावर सञ्चालनमा रहेको थियो।
स्मार्टफोनको टावरमा आगजनी भए पनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।
चन्द समूहका जिल्ला सदस्य पक्राउ
गुल्मीमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन्। गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन्।
आफ्नो व्यक्तिगत कामको सिलसिलामा सदरमुकाम तम्घास आएका विकलाई रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।
विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासमा हिरासतमा राखिएको छ। पछिल्लो समयमा नेत्रविक्रम चन्द समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै प्रहरीले सो समूहका गतिविधिमाथि निगरानी बढाइरहेको जनाएको छ। रासस
" /> गुल्मी। अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ। धुर्कोट गाउँपालिका–६, अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा १२ माघ राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।राति करीब ११ बजेको समयमा आगजनी भएको प्रहरीले जनाएकाे छ। आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ।

">