काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबै विवादहरूलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका छन्।
वैदेशिक रोजगार विभागले आज आयोजना गरेको मेलमिलापकर्ताहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले सबै मुद्दाहरूलाई मेलमिलाप प्रक्रियामा लैजान नहुने बताएका हुन्।
उनले भने, “जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन त्यो मेलमिलाप प्रकृयामा ती कुराहरूलाई पठाउनु हुँदैन त्यो प्रकृयाबाट सम्वोधन हुन दिनु हुँदैन तर, सामान्य किसिमका विवादहरू मेलमिलाम प्रकृयाबाट टुङ्ग्याउनु असल हुन्छ।”
उनले न्यायोचित समाधान दिन मेलमिलापकर्ताहरूको महत्वपूर्ण भूमिका रहने समेत बताए। उनले मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने समेत बताए। त्यसका लागि दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन न्यायाधीश खतिवडाले आग्रह गरे।
उनले भने, “मेलमिलापले जहिलेपनि दिएको समाधान न्यायोचित हुनुपर्छ। दुईवटा पक्षको सन्तुष्टिको विषय बनाउनुपर्छ।”
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले वैदेशिक रोजगारमा आउने समस्याहरूलाई मेलमिलापमा लैजाँदा प्रक्रिया लम्बिने हो कि भन्ने चिन्ता बढेको बताए।
कार्यक्रममा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले कुनैपनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने बताए। उनले समस्याको समाधानको निम्ति र समाजलाई सहजरूपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताए।
“मेलमिलाप यो नयाँ संहिताहरूमा किन आएको होला भनेर विचार गर्दाखेरी दुई/तीन वटा कुराहरू छन् त्यो के हो भने मुद्दा गरेर मात्रै त समस्याको समाधान हुँदैन”, उनले भने, “त्यसकारण समस्याको समाधान गर्नको निम्ति र समाजलाई सहज रूपमा अगाडी लैजानको निम्ति समाजमा झगडाको वातावरण होइन मेलमिलापको वातावरण चाहिन्छ।”

उनले सबै वैदेशिक रोजगार व्यवसायीहरू ठग्ने र रोजगारीमा जानेहरू ठगिने हुन् भन्ने मानसिकता रहँदासम्म मेलमिलापकर्ताहरूमा चुनौती बढ्दै जाने बताए।
महानिर्देशक भुषालले अहिलेसम्म संस्थागत विवादमा नैतिक दबाब दिएर पनि समस्याको समाधान गरिंदै आएकोमा अब मेलमिलापकर्ताहरूलाई प्रमाणहरू जुटाएर मेलमिलाप गराउने चुनौती रहेको बताए।
कार्यक्रममा ५२ जना मेलमिलापकर्ताहरूलाई शपथ गराइएको थियो।