चालक अनुमति पत्र दिन निर्णय गरिएको बैठकको माइन्युट नै कार्यालयमा भेटिदैन। रेकर्ड नभेटिएपछि नवीकरण नै हुन छाडेको हो।
यातायात व्यवस्था ऐनअनुसार सवारी चालक अनुमति पत्र दिनका लागि तीन सदस्यीय परीक्षा समिति बनाउनु पर्छ।
सो समितिमा अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख, यातायात कार्यालयले तोकेको प्राविधिक र ट्राफिक प्रहरी कार्यालयले तोकेको ट्राफिक प्रहरी सदस्य रहन्छन्।
परीक्षा समितिले वैठक बसेर लिखित र प्रयोगात्मक परीक्षा उत्तिर्ण गरेकाहरूलाई सवारी चालक अनुमति पत्र वितरण गर्ने निर्णय गर्छ।
सो निर्णयका आधारमा फाइल (ढड्डा) खडा गरी सवारी चालक अनुमति पत्र प्राप्त गर्नेको विवरण भरेर लाइसेन्स वितरण हुँदै आएको छ।
सवारी चालक अनुमति पत्र दिन भनेर निर्णय गरेको फाइल नै नभेटिएका कारण साउन २०६९ देखि चैत (नौ महीना) सम्म ठूला सवारी चालक अनुमति पत्र नवीकरण भएको छैन।
यातायात कार्यालय भन्छ- ‘नौ महीनाको फाइल छैन’
यातायात व्यवस्था विभागको इटहरी कार्यालयमा साउन-चैत २०६९ को सवारी चालक अनुमति पत्र वितरणसम्बन्धी निर्णय भएको फाइल नै छैन।
कार्यालयका प्रमुख विन्दा नेपालले फायल कार्यालयमा नभएको बताइन्।
उनले भनिन्, “नियतबस फाइल गायब पारिएको हो या हराएको हो भनेर छानबिन भइरहेको छ।”
ठूला सवारी साधन मिनिबस-मिनिट्रक, ट्रक, बस र लहरी चलाउने अनुमति पत्रसम्बन्धी निर्णय भएको फाइल कार्यालयमा नहुँदा दैनिक ५-६ सेवाग्राही कार्यालयमा आएर फर्किरहेको प्रमुख नेपालले स्वीकारिन्।
“अनलाइनमा सवै विवरण भरिएको छ। मात्रै निर्णय छैन। निर्णय नभएका कारण नवीकरण गर्न नसकिएको छैन”, प्रमुख नेपालले देखापढीसँग भनिन्।
यातायात कार्यालयले फाइल नभएकोबारे विभागमा लेखेर पठाएको जनाएको छ। अहिलेसम्म केही निर्णय आएको छैन।
निर्णय नआउँदा भने सेवाग्राहीहरुले समस्या भोगिरहेका छन्।
" />

">