गायिका आस्था राउतलाई सरकारी वकील कार्यालय उपस्थित गराइयो

काठमाडौं। महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।

उनलाई प्रहरीले बयान सकेर केही बेरअघि सरकारी वकील कार्यालय पुर्‍याएको हो।

आज बिहान ८ बजे गायिका राउत महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिईन्।

गायिका राउतलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने अथवा आजै मुद्दा टुंग्याउने भन्नेबारे जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्णय गर्न सक्नेछ।

प्रहरीले अनुसन्धान नसकेको भए म्याद थपका लागि आग्रह गर्नेछ भने आजै जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्दको मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्नेछन्।

सरकारी वकील कार्यालय जानुअघि परिसरमा पत्रकारहरुसँग गायिका आस्थाले कानूनभन्दा माथि कोही नभएको बताउँदै आफू कानूनअनुसार हुने सजाय भोग्‍न तयार रहेको बताइन्।

१ माघमा त्रिभुवन अन्तर्राष्‍ट्रय विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुव्र्यहार गरेको भन्दै उजुरी दिएकी थिईन्।

तर, उनले प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत् भिडिओ सन्देश जारी गरेकी थिइन्।

आस्थाको भिडिओ भाइरल भएपछि विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो।

जहाँ राउतले सुरक्षा जाँचका बेला कफीसहित पुगेको देखिन्छ। प्रहरी जवानले उनलाई कफी राख्न र ज्याकेट खोल्न लगाएकी छन्।

त्यसबाट रिसाएकी आस्थाले कफीको गिलास त्यहीँ छोडेर हिँडेको भिडिओमा देखिन्छ।

उक्त भिडिओ सार्वजनिक भएपछि आस्थाले फेसबुक लाइभमार्फत् माफी मागेकी थिइन्।

तर, सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आस्थाविरुद्ध विमानस्थल प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएकी थिइन्।