कैलालीमा जुवाको खालबाट वडाअध्यक्षसहित १६ जना पक्राउ
कैलाली। धनगढी उपमहानगरपालीका-३ मिलनचोकमा जुवा खेलिरहेका गोदावरी नगरपालिका- वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीसहित १६ जना पक्राउ परेका छन्।
उनीहरुको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैंया नगद बरामद गरेको छ।
गएराति मिलन चोकका तिलक अधिकारीको घरमा जुवा खेलिरहेका उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरु
१. कैलाली गोदावरी नगरपालिका- १० बस्ने वर्ष २८ का रबिन्द्र शाही
२. कन्चनपुर भिमदत्त नगरपालिका- ३ बस्ने वर्ष ३४ क धिरेन्द्र चन्द
३. कन्चनपुर वेलौरी नगरपालिका- १  बस्ने वर्ष ३४ को भुवन कुवर
४. कैलाली धनगढी उपमहानगरपालिका- ३ बस्ने वर्ष ३८ को तिलक अधिकारी
५. धनगढी उपमहानगरपालिका- १३ बस्ने वर्ष ३४ को रमेश खड्का
६. धनगढी उपमहानगरपालिका-४ बस्ने वर्ष ३५ को खेम राज भट्ट
७. धनगढी उपमहानगरपालिका-२ बस्ने वर्ष ४१ को जनक दौल्याल
८. गोदावरी नगरपालिका- १० बस्ने वर्ष २८ को सन्देष तामाङ
९. गोदावरी नगरपालिका- ३ बस्ने वर्ष ३८ को मोहन खड्का
१०. बैतडी दशरथ चन्द नगरपालिका- ८ बस्ने वर्ष ३१ को अमित गुरुङ
११. बझाङ जयपृथ्बी नगरपालिका-१० बस्ने वर्ष ३५ का प्रेम बहादुर सिंह
१२. बैतडी दशरथ चन्द नगरपालिका-४ बस्ने वर्ष ३० को सुर्य भट्ट
१३. बैतडी पुर्चौडी नगरपालिका- ८ बस्ने वर्ष ५० को कालुसिंह धामी
१४. कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने वर्ष ३७ को चन्द्रमणि अधिकारी
१५. दार्चुला नौगाड गाउँपालिका- ४ बस्ने वर्ष ३३ को जयसिंह धामी
१६. महाकाली नगरपालिका- ४ बस्ने वर्ष ३८ को मंगल ठगुन्ना
प्रतिक्रिया दिनुहोस्