ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्।
चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको हो।
गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा.२१ च ७३६१ नम्बरको बोलेरो बिहान ६ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैं पनि बिरामी थिए। घाइते भएकामा चालक जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी रहेका छन्।
साँघुरो सडकका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
" /> ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्।चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान भएको बोलेरो जीप दुर्घटनामा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको हो।

">