काठमाडौं। पछिल्लो समय छिमेकी मुलुक चीनलगायतका केही देशमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरकारले सरोकारवालालाई आग्रह गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले कोरोना भाइरसबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे।
मन्त्री भट्टराईका अनुसार विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हवाई मार्गबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) राखिएको उनले बताए।
विमानस्थलमा कार्यरत कर्मचारीमा संक्रमण नहोस् भनेर स्वास्थ्य सावधानीका उपाय अवलम्बन गरिएको मन्त्री भट्टराईले जानकारी दिए।
“हामीले सङ्क्रमण नसरोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौँ”, उनले भने।
“कोरोना भाइसर नेपालमा फैलन नदिन सबै सरोकारवालाले उच्च सतर्कता अपनाऔँ, सङ्क्रमण बढेको अवस्थामा नियन्त्रण गर्न सरकार तयार छ”, मन्त्री भट्टराइले भने।

कोरोना भाइरसको संक्रमण रोक्न उनले निजी क्षेत्रको सहयोग मागेका छन्।
लुम्बिनी, पशुपति, ठमेल, सौराहलगायत पर्यटकको उच्च चाप हुने क्षेत्रमा अंग्रेजी तथा चिनियाँ भाषामा सचेतनात्मक व्यानर टाँस्न मन्त्रीको आग्रह छ।
सरकारले काठमाडौँ उपत्यकामा कोरोना प्रभावितको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गर्ने व्यवस्था मिलाएको छ।
भ्रमण वर्षमा आएका पाहुनामा कोरोना भाइरसको लक्षण देखिए पर्यटन विभाग र बोर्डका अधिकारीले सम्बन्धित क्षेत्रसँग समन्वय गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउन जरुरी भए पनि अनावश्यक अड्कलबाजी गरेर भ्रमण वर्षलाई प्रभावित बनाउने काम गर्न नहुनेमा सचेत हुनुपर्ने बताएका छन्।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), होटल एसोसियन अफ नेपाल (हान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्स (नाटा) लगायत निजी क्षेत्रका व्यवसायी सहभागी थिए। रासस
" /> काठमाडौं। पछिल्लो समय छिमेकी मुलुक चीनलगायतका केही देशमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरकारले सरोकारवालालाई आग्रह गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले कोरोना भाइरसबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गरे।

">