जाडो फेरि बढ्ने, पश्चिमी न्यून चापीय वायु पुन: सक्रिय

काठमाडौं। आज बेलुकादेखि पश्चिमी न्यून चापीय प्रणाली पुन: सक्रिय हुँदैछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

साथै तराईका केही भूभागहरुमा हुस्सु लाग्ने सम्भावना छ।

आज राति पश्चिमी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने छ।

आजबाट पुन: सक्रिय भएको न्यून चापीय वायुको प्रभाव पश्‍चिमबाट क्रमश मध्य हुँदै पूर्वसम्म पुग्‍ने छ।

१४ भन्दा १५ माघमा धेरै पानी पर्नेछ। तर, लगातार भने पर्ने छैन।

तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्को अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्