इस्यू नै नभएको कुरामा विरोध नगरौं- प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले इस्यू नै नभएको कुरालाई विरोध गरेर सरकारविरुद्ध भ्रम फैलाउनेहरु बढेको बताएका छन्।
ललितपुरको भैसीपाटीमा निर्माण हुन लागेको प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेपनि सरकारविरुद्ध निराशा र असन्तुष्टि फैलाउन खोजिएको भन्दै आफ्नो उद्देश्यमा सरकार अडिग रहेको बताएका छन्।
सरकारले मानव कल्याणको साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको प्रधानमन्त्री ओलीले बताएका छन्।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि १४९ रोपनी ४ आना क्षेत्रफलको जग्गामा सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि सुविधासम्पन्न भवन बनाउन लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्