भारत लाँदै गरेको २१ तोला सुनसहित युवक पक्राउ

जलेश्वर। महोत्तरीको मटिहानी नगरपालिका–८ मा २१ तोला सुनसहित एक युवक पक्राउ परेका छन्।

सशस्त्र प्रहरीले गएराति सुनसहित पक्राउ गरेका व्यक्ति मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो छन्।

उनलाई १६ लाख २४ हजार ६०६ रूपैयाँ बजार मूल्यको स्रोत नखुलेको सो परिमाणको सुन बा. १२ प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्दै गर्दा पक्राउ गरिएको मटिहानीका सशस्त्र प्रहरी इन्सपेक्टर हिमाल थापाले बताए।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्