अध्यागमनमा अत्याधुनिक ‘बोर्डर कन्ट्रोल सिस्टम’

काठमाडौं। गृह मन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्स सहितको ‘नेपाली पोर्ट’ नामक आफ्नै सफ्टवयेर राख्दैछ।

अध्यागमन विभागले सबै नाकामा यो सफ्टवेयर परीक्षण गरिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह उद्घाटन गरेपछि अध्यागमन नाकामा अत्याधुनिक ‘बोर्डर कन्ट्रोल सिस्टम’ कार्यान्वयनमा आउने छ।

नेपाली पोर्ट अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली जोडिनेछ।

आजको अन्नपूर्ण पोष्टका अनुसार अध्यागमनमा बायोमेट्रिक्स प्रणाली लागू भएसँगै यात्रुको तस्वीर र हस्तरेखा रेकर्ड हुनेछ।

यसले यात्रुको आँखाको नानी (रेटिना) समेत पढ्न र त्यसको रेकर्ड राख्न सक्नेछ।

नेपाली पोर्ट लागू भएसँगै अध्यागमनमा संदिग्ध व्यक्तिले गर्न लागेको यात्राको सहजै विश्लेषण गर्न सकिन्छ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपाली पोर्ट लागू भएपछि सुरक्षा चुनौती धेरै घट्ने बताएका छन्।

“विगतमा अध्यागमनको सुरक्षा अवस्था भयावह थियो, भिसा लिन विदेशी ठमेल पुग्थे", महानिर्देशक पौडेलले भने, “त्यस्तो गतिविधि अब रोकिनेछ।"

प्रतिक्रिया दिनुहोस्