हेटाैंडा। बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा दुईवटा विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिएको छ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा दूध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रस्ताव बृहत् छलफका लागि टेबुल गरे।
बागमती प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १३ माघ बिहान ११ः३०मा बस्ने गरी आजको बैठक स्थगित गरे। २७ पुसमा बसेको प्रदेश ३ प्रदेश सभाको पाँचौँ बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम बागमती राखेको थियो। रासस
" /> हेटाैंडा। बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा दुईवटा विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिएको छ।बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा दूध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रस्ताव बृहत् छलफका लागि टेबुल गरे।

">