लागुऔषध मुद्दामा कैद सजाय पाएका वाल्मिकी पक्राउ
<p>बाँके। लागुऔषध मुद्दामा सजाय पाएका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।</p>
<p>नेपालगञ्ज–१२, कोरियनपुरका २५ वर्षीय अम्मर वाल्मिकीलाई प्रहरीले आज पक्राउ गरेको हो।</p>
<p>अदालतबाट पाँच वर्ष ६ महीनाको कैद सजाय पाएका वाल्मिकीलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनलाई बाँके जिल्ला अदालत बुझाइएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
