अवैध साढे आठ हजार अमेरिकी डलरसहित विमानस्थलमा एक जना पक्राउ
<p>काठमाडौं। अवैध रूपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर ८ हजार ४१७ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना पक्राउ परेका छन्। </p>
<p>ललितपुर महानगरपालिका–११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जोशी ११ माघ दिउँसो विमानस्थलमा पक्राउ परेका हुन्।</p>
<p>इत्तिहाद एअरवेजको फ्लाइटद्वारा काठमाडौंबाट आबुधाबी हुँदै अमेरिका जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान व्यागेज चेकिङ क्षेत्रमा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ। </p>
<p>जोशीलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
