काठमाडौं। पोखरामा २९ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका-२७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित आज बिहान पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
पोखरा विमानस्थलबाट यति एअरको उडानद्वारा काठमाडौंतर्फ उड्न लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। पोखरामा २९ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।पोखरा महानगरपालिका-२७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित आज बिहान पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

">