डडेल्धुरामा बालिका बलात्कार आरोपमा एक पक्राउ <p>कैलाली। बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा डडेल्धुरा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p> <p>डडेल्धुराको आलिताल गाउँपालिका&ndash;५, बाहिरीसैन गुरेनीका २८ वर्षीय हुकुम ताम्राकारलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p>१७ वर्षीया बालिकालाई करणी गरेर फरार भएको भन्ने जाहेरीका आधारमा ताम्राकारलाई पक्राउ गरिएको डडेल्धुरा प्रहरीका डीएसपी दधिराम न्यौपानेले बताए।</p> <p>पक्राउ परेका ताम्राकारलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको न्याैपानेले बताए।</p>
प्रतिक्रिया दिनुहोस्