अफगानिस्तानः हवाई आक्रमणमा १६ तालिवान लडाकू मारिए
अफगानिस्तान। अफगानिस्तानमा भएको भिडन्तमा कम्तीमा १६ तालिवान लडाकू मारिएका छन्।

तालिवान लडाकूहरूको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा भएको घटनामा उनीहरू मारिएका हुन्।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आज दिएको जानकारीअनुसार तालिवान लडाकूहरूलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए।

लडाकूहरू लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए।

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्दछ।

प्रतिक्रिया दिनुहोस्