४८ लाख रकम लुट्ने ६ जना पक्राउ

काठमाडौं। काठमाडौंको बालाजुबाट रकम लुट्ने समूहका ६ जना पक्राउ परेका छन्।

नेपाली सेनाका अवकाश प्राप्त सुवेदार बच्चुराम गुरुङको साथबाट ४८ लाख रकम लुटिएको थियो।

उनको आँखामा खुर्सानीको धुलो छर्केर रकम लुटिएको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशााखाका प्रमुख एसएसपी सहकुल थापाले ११ माघ बेलुका लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको बताए।

महाशाखाले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेका तथा घटना विवरण सार्वजनिक गर्दैछ।

प्रतिक्रिया दिनुहोस्