हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ, मलाई जिताइदिनु होला : देउवा काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन्।आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन्।प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्