सेनापति आफैँ सुधारका बाधक
काठमाडौं। प्रधानसेनापति बनेको पहिलो वर्षगाँठ मनाउँदै लामो सार्वजनिक भाषण दिएका पूर्णचन्द्र थापाले अनियमितता, अपारदर्शिताले सेनाको प्रतिष्ठामा आँच पुगेको बताउँदै भनेका थिए, ‘अरुले गरेको गल्ती, कमजोरी र आर्थिक वा अन्य कुनै अनैतिक लाभको पापको भारी मैले किन बोक्ने ?’

तर त्यो भारी बिसाउन भने सेनापति थापा तयार नभएको घटनाक्रमले देखाउँछन्।

उनको एक वर्षे कार्यकाल पूरा हुनु ठिकअघिकै खरीद हेरौंँ।

गत २४ जेठमा नीति तथा योजना निर्देशनालयले सम्भार रथी विभागलाई ‘स्पेसिफिकेसन तथा अनुमानित रकम सम्बन्धमा’ भन्दै मेसिनरी औजार शीर्षकमा बचत भएको रकममध्येबाट विभिन्न युनिटमा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न पत्र लेख्यो पत्रमा एउटा युनिटले आठ लाख ८१ हजार रूपैयाँ लागतमा प्लान्ट जडान गर्न सकिने भनिएको छ।

३० वटा युनिटमा प्लान्ट जडान गर्ने योजना रहेको सम्भार विभागले मातहतका युनिटमा गरेको परिपत्रबाट खुल्छ।

यस हिसाबले झण्डै तीन करोड रूपैयाँको कारोबार सेनाले टुक्रा टुक्रा बनाएर खरीद गरेको छ। सार्वजनिक खरीदका प्रावधान छल्न यस्तो गरेको प्रष्ट देखिन्छ।

प्रधानसेनापति थापाले संगठनभित्रका विकृति हटाउन लागेको बाहिर जे-जति चर्चा छ, भित्रको यथार्थ भने बेग्लै छ।

आफूले चाहेका व्यक्ति जतिसुकै विवादित भए पनि अघि बढाउने र मन नपरेका अधिकृतलाई सानै निहुँमा घर फर्काउने प्रवृत्ति उनमा देखिन्छ।

आजको नेपाल साप्ताहिकको आवरण कथाअनुसार प्रधानसेनापतिमा नियुक्त भएपछि नै थापाले जंगी अड्डामा आफ्नो छुट्टै गुटको अभ्यास गरेका छन्।

त्यस्तै फास्टट्रयाक आयोजना निर्मणमा चालू आर्थिक वर्षमा गति शून्य छ।

प्रतिक्रिया दिनुहोस्