माओवादीलाई धम्काउनेहरुको राम्रै औषधी उपचार हुन्छ : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्