हवाई भाडा भन्दापनि विमानस्थलबाट चढ्ने ट्याक्सी महँगो यात्रुको गुनासो :प्रेम आले काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। बुधवार सो सेवाको उद्घाटन गर्दै पर्यटन मन्त्री प्रेम आलेले विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महंगो भएको यात्रुको गुनासो आएकाले सटल बस सेवा सञ्चालनमा ल्याइएको बताए। यो बस सेवालाई दीर्घकालीन रुपमै सञ्चालन गरिने उनको भनाइ थियो। ‘अब विमानस्थलमा यात्रुहरु ट्याक्सीको महंगो भाडाबाट ठगिनु पर्दैन’– मन्त्री आलेले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्