आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछ : शेरबहादुर तामाङ काठमाडौं। नेकपा एमालेका केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन्। मंगलबार चितवनको सौराहमा सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रिय कार्य समिति चयन गर्नु परेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्