पोखरा । साहित्यकार सरुभक्त १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन् ।

२०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको सम्मिश्रणलाई उतार्ने अठोट लिएर फर्किएका थिए, सरुभक्त । अमेरिकामा बसेका नेपालीका भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गरेका हुन् ।

लामो समयपछि आउनुको कारणबारे आफैँ प्रष्टाउँदै उनले भने, “म त्यस्तो जाँगरिलो लेखक होइन । मलाई बढी अल्छी मान्न जाँगर चल्छ । जुन बेला अल्छी मान्ने जाँगर चल्दैन । त्यो बेला लेख्छु ।” प्रतिगन्ध भिन्न डायस्पोराको कथा भएको उनको भनाई छ ।

सरुभक्तले आफूले यसअघिका किताब त्यति धेरै सम्पादन गर्ने नगरेको भन्दै यसलाई निर्ममतापूर्वक सम्पादन गरेको अनुभव पनि सुनाए । प्रतिगन्धका २५० पृष्ठ हटाएको जानकारी दिँदै सरुभक्तले  झण्डै-झण्डै एउटा उपन्यास नै हटाएको बताए । प्रत्येक लेखक आफैँ एक सम्पादक भएको बताउँदै सरुभक्तले आफ्नो कृतिलाई राम्ररी सम्पादन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले लामो व्याख्या र वर्णन गर्ने अहिलेसम्मको प्रयोगलाई भत्काएर प्रतिगन्धमा याँ स्वाद दिएको दाबी पनि गरे ।

पोखराको पुरानो वाङ्मयी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पछिल्लो पुस्ताका चर्चित युवा आख्यानकाहरु गनेस पौडेल, सरस्वती प्रतीक्षा र तीर्थ गुरुङले संयुक्तरुपमा प्रतिगन्धको आइतबार लोकापर्ण गरेका थिए ।कार्यक्रममा कवि तीर्थ श्रेष्ठले सरुभक्त जीवन्त लेखाइमा सफल भएको भन्दै प्रशंसा गरे । फरक दृष्टकोणबाट लेखकीय प्रस्तुतिनै उनको विशेषता भएको भन्दै श्रेष्ठले लेखकीय दृष्टिकोण नै निकै गजबको भएको अनुभुती सुनाए ।

नथियाकी लेखक सरस्वती प्रतीक्षाले प्रतिगन्धको शक्तिले उपन्यास पढ्ने पाठकलाई फरक स्वाद दिन सफल भएको बताईन् । एउटै उपन्यासभित्र चार-पाँच वटा उपन्यास पढेजस्तै लाग्ने प्रतिगन्धभित्र विदेशिने युवाको जीवन्त कथा भएको उनको भनाई छ ।

आख्यानकार गनेसले प्रतिगन्ध अमेरिकाकै कुनै लेखकले लेखेको कथाजस्तो लाग्ने बताए । भारतीय, ब्रिटिस, हङकङ लाहुरे हुँदै विस्फोटक रुपमा फेरिएको लाहुरेको परिभाषा र त्यसैअनुरुप अमेरिका पुगेकाको कथा प्रतिगन्धमा रहेको छ ।

पाठशाला उपन्यासका लेखक गुरुङले प्रतिगन्धमा अमेरिकी लाहुरेहरुको मार्मिक कथा भएको बताए ।

पागल बस्ती उपन्यासको नयाँ प्रयोगले मदन पुरस्कार पाउन सफल सरुभक्तका अभिमन्यु, तरुनी खेती, बाल उपन्यास अँध्यारो कोठा, समय त्रासदी र चुली उपान्यास प्रकाशित भइसकेका छन् । प्रतिगन्ध सातौं उपन्यास हो ।

"> पन्ध्र वर्षपछि सरुभक्तको पुनरागमन : प्रतिगन्ध उपन्यासका साथ पाठकसमक्ष: Dekhapadhi
पन्ध्र वर्षपछि सरुभक्तको पुनरागमन : प्रतिगन्ध उपन्यासका साथ पाठकसमक्ष

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्