ओलीलाई चुनौती दिँदै भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनमा आफू अध्यक्ष उठ्ने घोषणा गरेका छन्। आइतबार राजधानीको रिपोर्टर्स क्बलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले भने आफूले पार्टी राम्ररी हाँक्न सक्ने भएकाले आफूमाथि भरोसा गर्न ओलीलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्