ईपीएलमा वेष्ट इन्डिजका पूर्व अलराउन्डर ड्वान स्मिथ भैरहवाबाट खेल्ने
काठमाडौं। वेष्ट इन्डिजका पूर्व अलराउन्डर ड्वान स्मिथले नेपालको ट्वान्टी–२० फ्रेन्चाइज लिग एभेरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सबाट खेल्ने भएका छन्।

भैरहवाले स्थिमलाई आइकोनिक खेलाडी बनाएको छ। स्मिथलाई अनुबन्ध गरेको रकम भने भैरहवाले खुलाएकाे छैन।

स्मिथले वेष्ट इन्डिजबाट १० टेष्ट क्रिकेट खेलिसकेका छन् भने १०५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले ३३ ट्वान्टी–२० क्रिकेटमा वेष्ट इन्डिजको जर्सी लगाइसकेका छन्।

भैरहवाका कप्तान शरद भेषावकरले स्थिमलाई टीममा पाउनु उत्साहजनक भएको बताए।

"क्रिकेटको पावरहाउस वेष्ट इन्डिज तथा आईपीएलमा लामो सयम खेलेका स्मिथले आगामी सिजनको ईपीएल मेरो कप्तानीमा खेल्दैछन् भनेर मलाई अझै पनि विश्वास लागेको छैन", स्मिथको आगमनले उत्साहित बनेका भेषावकरले भने, "उनको आगमनले टीमको टप अर्डर बलियो बनेको छ र टीमको युवा खेलाडीका लागि सिक्ने राम्रो अवसर पनि हो।"

३६ वर्षे स्मिथले २००४ मा दक्षिण अफ्रिकाविरुद्ध वेष्ट इन्डिजबाट डेब्यू गरेका थिए। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने उनले २००६ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए।

स्मिथले टेष्टमा ३२० रन बनाएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रियमा १५६० रन बनाएका छन्। ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भने स्थिमले ५८२ रन बनाइसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा ६१ विकेट लिइसकेका स्थिमले टेष्ट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा समान सात विकेट लिएका छन्।

‘२०२० मा नेपालको ठूलो खेल प्रतियोगिता ईपीएलको हिस्सा हुन पाउँदा मलाई खुशी लागेको छ’, स्थिमलाई उद्धृत गर्दै भैरहवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भौगोलिकरूपमा नेपाल धेरै राम्रो छ भन्ने सुनेको छु। त्यसैले म नेपाल आउन आतुर छु। मैदानमा तपाईंहरूसँग भेट्ने छु।’

स्मिथले आईपीएलमा चेन्नई सुपरकिंग, डेक्कन चार्जर्स, गुजरात लायन्सबाट खेलिसकेका छन्। उनले पाकिस्तान सुपर लिगमा इस्लामावाद युनाइटेडबाट खेलेका थिए। काउन्टी क्रिकेटमा उनले सुस्सेक्सबाट खेलिसकेका छन्। उनले बंगलादेश प्रिमियर लिग पनि खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्