‘सोजाक’।
दमले गलाउँदै लगेको शरीरबाट एक मुठ्ठी फुर्ति निकाल्दै ८४ वर्षीया ज्ञानीमैया कुसुन्डाले सबैलाई कुसुन्डा भाषामा नमस्कार गरिन्।
उनले कुसुन्डा भाषामा गरेको नमस्कार उनकै जातिका कसैले पनि बुझेनन्। के भन्न खोजेको हो भन्ने आश्चर्य भाव हरेकका अनुहारमा छल्कियो।
आफ्नै भाषा सिक्न भेला भएका दाङ जिल्लाभरका कुसुन्डालाई उनले सोधिन्, ‘कुसुन्डा भएर कुसुन्डा भाषा नजान्ने ?’ उपस्थित कुसुन्डाहरूले डायरीमा टिपे ‘सोजाक भनेको नमस्कार’।
साना–साना बालबालिकाहरू जोडिएका हात निधारमा राख्दै ‘सोजाक’ खेल्न थाले।
थर्थराउँदो शरीर कुर्सीमा अडेस लगाउँदै ज्ञानमैयाले फेरि भनिन्– ‘आज म घरमा कसरी बोल्ने भन्ने सिकाउँछु’ यति भनेर उनले सहयोगी उदय आलेलाई मार्करले ह्वाइट बोर्डमा ‘नु गिजी नटी ?’ लेख्न लगाइन्। यो तपार्इंको नाम के हो भनेको हो ?’ उनले अर्थाइन्। ‘चि गिजी ज्ञानीमैया’ आफैं जवाफ दिइन्, ‘मेरो नाम ज्ञानीमैया हो।’
एक वर्षअघि जिल्लाभरिका कुसुन्डाहरूलाई भेला पारेर ज्ञानीमैया कुसुन्डाले यसरी भाषा सिकाउँथिन्।
२०६८ को जनगणनाअनुसार नेपालमा कुसुन्डा जातिको जनसंख्या २७३ छ। तर, कुसुन्डा भाषा बोल्ने दुईजना मात्रै जीवित थिए, ज्ञानीमैया र कमला।
तिनै ज्ञानीमैया कुसुन्डाले ८५ वर्षको उमेरमा संसार छाडेकी छिन्। कुसुन्डा भाषा सिकाउने उनको हुटहुटीले उनीसँगै संसार छाडेको छ।
‘अरूको के कुरा मेरै घरका त मान्दैनन्’ भन्ने उनको पिरलो जीवनको अन्तकालसम्म रहिरह्यो। अर्की बाँकी कमला कुसुन्डा केही बोल्न जान्छिन् तर, ज्ञानीमैया जस्तो उनको लवज स्पष्ट छैन।
कुसुन्डा भाषाको ज्ञाताका रूपमा चिनिएदेखि ज्ञानीमैयाको भेट कैयौँ पटक मिडिया र पत्रकारसँग भो। उनले भाषा जोगाउन के गरिनन्, सकेजति सबै गरिन्।
ज्ञानीमैयाले नेपालभरबाट कुसुन्डा जातिका मानिसलाई भेला पारेर धेरैपटक भाषा प्रशिक्षण दिइन्। घर व्यवहारमा प्रयोग हुने शब्दहरू उनले सिकाएकी थिइन्। सबै उत्साहित भएका थिए। तर, कसैले पनि प्रयोगमा ल्याएन।
भाषा सिकाएर मर्ने धोको
ज्ञानीमैया ८५ वर्षमा लागिरहेकी थिइन्। आँखा धमिला थिए। शरीर काँपिरहन्थ्यो। बुढ्यौलीसँगै दमले पनि विस्तारै च्याप्दै लगेको थियो।
जति प्रयास गर्दा पनि चुरोटको लत टाढिन मान्दैनथ्यो। त्यसले उनलाई थप गाल्यो। ज्ञानीमैयाको मनमा एउटै चिन्ता थियो, ‘म मरेसँगै भाषा पनि मर्ने छ। ’
त्यसैले उनले भेट्न आउने हरेकसँग सन्तानलाई भाषा सिकाउने धोको अधूरो रहेको बताउँथिन्।

‘अब ओइलाउन लागिसकें, उमेर बाँकी हुँदो हो त कति सिकाउँदो हुम्’, आफैंले गरेको गुनासो आफैंले मेट्थिन, ‘अझै पनि सिकाउन सक्छु, भाषा सिक्ने मान्छे पो चाहियो।’
भाषा आयोगले कुसुन्डा जातिका नयाँ पुराना सबै पुस्तालाई एकै ठाउँ भेला पारेर विभिन्न समयमा प्रशिक्षणको आयोजनासमेत गर्थ्यो।

यद्यपि उनले आफ्नो स्वर नबस्दासम्म भाषा सिकाइरहने अठोट भने गरेकी थिइन्। तर, स्वरले साथ छोड्नु पहिले उनको शरीरले संसार छाड्यो।
कुसुन्डा भाषा बोल्न कमला पनि उत्तिकै तिख्खर छिन् तर, उनको लबजका कारण भाषा सिकाउन गाह्रो हुने कुसुन्डा भाषाबारे पुस्तक लेखेका भाषाविद् उदय आले बताउँछन्। “ज्ञानीमैया बाँच्दासम्म जति सकियो त्यति नै हो यो भाषालाई जोगाउने”, आलेले भने।
कुसुन्डा भाषा बोल्नसक्ने कुसुन्डा जाति भन्दा बाहिरएका एक व्यक्ति आले पनि हुन्। “ज्ञानीमैयासँग केही सिकेको थिएँ तर, अझै धेरै बाँकी थियो”, आले भन्छन्।
१९९१ सालमा बाल्कोट गुल्मीमा जन्मिएकी ज्ञानीमैयाको वैशालु यौवन जंगलमा पात सुम्सुमाएर बित्यो।
उनले जंगलमा बाबुआमासँगै काँडेभ्याकुर खाएर बालापन बिताइन्। जंगलैजंगल हिँड्दै गर्दा सानै उमेरमा बाबुआमा गुमाइन्। पछि श्रीमानले पनि छाडे। भएको एउटा छोराको पनि माछा मार्न जाँदा करेन्ट लागेर मृत्यु भयो। उनको बुहारी र नातिनातिनी मात्रै छन्।
लोपोन्मुख जातिभित्र पर्ने यो जातिको भाषा दुईजना मात्रैले जान्नुले यो भाषा लोप भएर जाने संकेत गरेको थियो। अझ भाषा जोगाउन हरदम लागिरहने ज्ञानीमैयाको पनि मृत्यु भएपछि भाषा जोगिने आधार भत्केको छ।
सपनामा आफ्नै भाषा
ज्ञानिमैया भन्थिन्, ‘आफ्नै भाषामा कुरा गर्न खोज्यो कोही पनि हुन्न, साह्रै दिक्दार लाग्छ।’ बिपनामा भाषा बोल्ने कोही नहुँदा कहिलेकाहीँ सपनामै पनि बोल्ने गरेको उनी बताउँथिन्।
लोपोन्मुख कुसुन्डा जातिको भाषा पनि लोप हुँदा पहिचान नै मेटिन्छ कि भन्ने डर उनलाई थियो। ‘आजभोलिका नयाँ केटाकेटीले नबोल्दासम्म भाषाको अर्थ छैन”, ज्ञानीमैया मनको उकुसमुकुस पोख्थिन्।
बाल्यकालमै जंगल हिंड्दा आमा पुनिमयाबाट भाषा सिकेकी थिइन्, ज्ञानीमैयाले। बाबआमाका कारण आफ्नै भाषा बोले पनि गाउँघरमा कुसुन्डा भाषामा कुरा गर्ने कोही थिएन। उनी भन्थिन्, ‘कुसुन्डा भएर आफ्नो भाषा जान्दैन भने अरूले सिकेर के जोगिन्थ्यो र ?’
भाँचियो भाषा जोगाउने खम्बा
राउटेलाई रैती र आफूलाई राजा सम्झने कुसुन्डा जातिको बासस्थान जंगल नै थियो। कन्दमूल खाँदै हुर्केको यो जाति बिस्तारै गाउँवस्तीमा आएर बस्न थाल्यो। त्यसपछि आफ्नो भाषा कम र स्थानीय भाषा धेरै बोल्न थाले। जसकारण उनीहरूको भाषा लोप हुँदै गयो।

पढ्नुहाेस्ः
रहिनन् कुसुन्डा भाषाकी जानकार ज्ञानीमैया
" /> - वसन्त आचार्य‘सोजाक’।

">