भोली हाम्रो हिमालहरु नाङ्गो हुन बेर छैन: प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन्। उनले भने जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएको, बाढीपहिरो, बेमौसमी वर्षामा वृद्धि भएका कारण त्यसको मारमा नेपालसमेत परेकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले हिमाल नाङ्गै हुने अवस्था आएको र त्यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्