पत्रकारहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने: अर्थमन्त्री काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। उनले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने बताए। सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा राससले सरकारको प्रवक्ताको रुपमा काम गर्दै सरकारको कमजोरीबो बारेमा पनि आवाज उठाउनु पर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्