नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो : नेता, नेपाल काठमाडौैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोमा नेपालले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने बताए। उनले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्