लाइक डिस लाइक नगरी सबैलाई काम गर्ने अवसर दिनै पर्छ: मन्त्री, श्रेष्ठ काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताएका छन्। सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुनसक्ने बताएका छन्। उनले नवनियुक्त सहसचिवहरुलाई आफु मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरी प्रविधि मैत्री भएर काम गर्न समेत आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्