छुटाउनै नहुने आजका ११ खबर काठमाडौं। सर्वोच्च अदालतमा जारी प्रधानन्यायाधीश विरुद्धको आन्दोलन देशव्यापी बन्दै, बागलुङ, पोखरा, बुटवललगायतका शहरमा पनि प्रदर्शन शुरु भएको छ। कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्वमात्र चयन हुने र नीति तथा कार्यक्रमकालागि छुट्टै महाधिवेशन गरिने भएको छ। एमालेको १० औं महाधिवेशनका लागि ८५ प्रतिशत प्रतिनिधि चयन भएका छन्। मुस्ताङमा हिमपहिरो जाँदा भागदौडमा ११ जना घाइते भएका छन्। नेप्से परिसूचक १.३८ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्