काठमाडौं। बाबर आजम र मोहम्मद हफिजले अर्धशतक बनाएपछि पाकिस्तानले आज दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशलाई ९ विकेटले हराएको छ। जितसँगै पाकिस्तानले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले जितेको छ।
लाहोरको गद्दाफी रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाएको थियो। १३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले २० बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल पाँच विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम खेल दुई दिनपछि हुनेछ। बंगलादेशले पाकिस्तान भ्रमणमा दुई टेष्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ।
पाकिस्तानका ओपनर अहसन अलीले रनको खाता नखोली पवेलियन फर्किए पनि आजम र हफिजले १३१ रनको अविजित साझेदारी गरेपछि पाकिस्तान ९ विकेटको फराकिलो जित निकाल्न सफल भयो। आजमले ४४ बलमा सात चौका र एक छक्कासहित अविजित ६६ रन बनाए। हफिजले ४९ बलमा ९ चौका र एक छक्कासहित अविजित ६७ रन बनाए।
त्यसअघि बंगलादेशका तमिम इकबालले ६५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अफिफ होसैनले २१ तथा महमुदुल्लाहले १२ रन जाडे। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
" /> काठमाडौं। बाबर आजम र मोहम्मद हफिजले अर्धशतक बनाएपछि पाकिस्तानले आज दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशलाई ९ विकेटले हराएको छ। जितसँगै पाकिस्तानले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले जितेको छ।लाहोरको गद्दाफी रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाएको थियो। १३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले २० बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्यो।

">