संस्कृतिको संरक्षणमै देशको सफलता:- प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका छन्। आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा देउवाले नेपालका खोलानाला, जातजाती, भाषाभाषी, भेषभूषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए। उनले प्रतिष्ठानले भाषा संस्कृतिको उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्