माधव नेपालले भने-रक्सी खाएको थाहा पाएँ भने राम्रो मान्दिनँ काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन्। अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए। पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले जाँड-रक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्