'जनता लुट्न पाइँदैन...' काठमाडौं। पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन्। निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन्। उनीहरुले जनता लुट्न पाइँदैन भन्दै नारावाजी गरेका थिए। उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्