'यो युगको प्रचण्ड म मात्र हो’ काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो युगको प्रचण्ड आफुमात्रै भएको बताएका छन्। एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने उनको भनाइ थियो। शुक्रवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे। ‘एउटै युग, कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्, थुप्रै माक्र्स, लेनिन र माओ हुनै सक्दैनन्।’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्